मल्टीपर्पोज फाइनान्सको ८ सय ६४ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 06:07:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पोज फाइनान्स कम्पनी Multipurpose Finance Company Limited को हकप्रद भर्ने आज भदौ ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २३ देखि १ः८.६४ को अनुपातले हुन आउने  ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गरेको थियो । 

 हकप्रद निष्काशनको लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेकोले असार १० गते सम्म कायम शेयरधनिले मात्र हकप्रद भर्न सक्ने छन् । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved