कुमारी बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 09:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको आज बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत हुन् आउने ८६ करोड ८५ लाख ५७ हजार ३ सय १२ रुपैयाँ ७० पैसा बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन् आउने ४ करोड ५७ लाख १३ हजार ५ सय ४२ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ 

 बैंकलेले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड खुद नाफा गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved