एनआईसी एसियाद्वारा गत आर्थिक बर्षको लाभांश घोषणा, सेयरधनीलाई दशैंअघि नै ९७ करोड बाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 09:37:47 AM मा प्रकाशित

laxmi sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बसेको ४१८ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१।०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११।०५२६ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले सेयरधनीहरुलाई दशैं अघि नै वितरण गर्ने गरि कुल ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो। 

बैंक संचालक समितिले निर्णय गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved