मल्टीपर्पस फाइनान्सले साधारणसभा डाकेको छ । कम्पनीले आफ्नो २० औ र २१ औ साधारणसभा आगामी असोज ४ गते गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३० गतेदेखि असोज ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।
कम्पनीले असार २३ देखि भदौ ९ गतेसम्म १ः८.६४ को अनुपातले हुन आउने ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुगेको छ ।