बोनस पनि दिने गरि नेपाल एग्रो लघुवित्तको लाभांश प्रस्ताव परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल एग्रो लघुवित्तले लाभांश प्रस्ताव परिमार्जन गरेको छ ।  कम्पनीले यस अघि १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अब त्यसलाई बोनस शेयरको रुपमा वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट बैंकले पुँजीकोष पर्याप्तको कारण देखाउदै नगद वितरण गर्न नसकिने र बोनस वितरण गर्ने सकिने देखिएकोले नगदलाई बोनसलाई हुने गरि संशोधन गरिएको कम्पनीले जनाएको छ ।

अब कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस शेयर  र त्यसको कर प्रयोजनको लागि थप ३ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ बराबरको नगद दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर आगामी साधाराणसभाले पारित गरेपछी शेयरधनीले प्राप्त गर्नेछन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved