एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ २४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ ।