सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्षा ७५/७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले ५ प्रतिशतले हुन् आउने ५७ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशतले हुन् आउने ५७ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४१ लाख १४ हजार रहेको छ ।