सानिमा बैंकले डाक्यो साधारणसभा, मर्जर सहित यस्ता छन् १० एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 09:23:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले Sanima Bank Limited साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २९ गते बुधबार नक्साल स्थित नक्साल ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्ताव सहित विभिन्न १० वटा प्रस्ताव पेश हुने छन् । सभामा गाभ्ने वा गाभिने विषयमा निर्णय गर्न सम्पूर्ण अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पेश हुने भएको छ । 

बैंकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट  २१.०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस मध्ये १० प्रतिशत बोनस शेयर र बाँकि ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।   

साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते बुक क्लोज गर्ने भएको छ । असोज १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १२ लाख रहेको छ ।

यस्ता छन् बैंकको सभामा पेश हुने १० प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved