समता माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 04:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स Samata Microfinance Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १५ प्रतिशतले हुन् आउने ९१ लाख ८ सय रुपैयाँ बराबरको बोनस शेयर र १६.५८ प्रतिशतले हुन् आउने १ करोड ५८ हजार ७ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि  र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको पुंजी ६ करोड ६ लाख ७२ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved