
शिवम सिमेंट्सले तिहारको अवसर पारेर ग्राहकलाई चाँदी उपहार दिने योजना ल्याएको छ। कम्पनीले “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको हो।
यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने स्किम सुरु गरेको छ।
यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको कम्पनीले जनाएको छ। सन् २००९ मा संचालनमा आएको हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ।
सेयरबजारमा सुचिकृत एक मात्र सिमेंट्स कम्पनी शिवमले यहि कात्तीक ८ गते बार्षिक साधारणसभा आब्हान गरेको छ। उक्त सभाले संचालक समितिको प्रस्ताव पारित गरेपछि सेयरधनीहरुले १५।७८९५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) प्राप्त गर्नेछन।