धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरीए २ आकाङ्क्षी, यी ३ को सम्भावना उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 10:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको कार्यकाल सकिए पछि नयाँ अध्यक्षको लागि दौड सुरु भएको छ । २०७२ साल कार्तिक १ गते कार्यभार सम्हालेका डा. कार्की विदा भएपछि दशैंअघि  नै लबिंङमा जुटेकाहरु थप सक्रिय भएका छन् ।

स्रोतका अनुसार सम्भावना नदेखेपछि केहि आकांक्षीहरु आफै ब्याक  भएका छन् । बोर्ड भित्र कै उच्च तहका कर्मचारीहरुले पनि इच्छा व्यक्त गरेपनि नयाँ अध्यक्ष बोर्ड बाहिरबाट नै आउने लगभग निश्चित जस्तै भएको स्रोत बताउछ । स्रोत भन्छ 'राजनीतिक नियुक्ति भएकोले आर्थिक लेनदेनको कुरा पनि आउँछ, बोर्ड भित्रबाट त्यो सम्भव हुदैन, त्यसैले अध्यक्ष बाहिरबाट नै आउने निश्चित जस्तै छ ' ।

स्रोतका अनुसार बोर्ड बाहिरबाट अध्यक्ष नियुक्त भएको खण्डमा भिष्म ढुंगाना, टंक पनेरु र बासुदेव अधिकारी मध्ये एक हुने छन् । ढुंगाना हालै मात्र राष्ट्र बैंकका अवकाश पाएका कार्यकारी निर्देशक हुन् । उनी बोर्डको विज्ञ सदस्यमा  नियुक्त भईसकेका छन् । उनलाई अध्यक्ष बनाउने गरी नै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको चर्चा यस अघि नै चलेको थियो ।

ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीको निकटका व्यक्ति हुन्। उनको स्थायी घर तेह्रथुम हो, जुन हालको प्रधानमन्त्री केपी ओलीको जन्म स्थान पनि हो  । स्रोत भन्छ 'उनी प्रधानमन्त्री र अर्थमन्त्री समेतले रुचाएका व्यक्ति हुन्'  ।

त्यस्तै अधिकारी नेपाल बैंकका बहालवाला अध्यक्ष हुन् भने पनेरु सिए हुन् । पनेरु नेप्सेको अध्यक्ष भईसकेका व्यक्ति हुन् । स्रोतका अनुसार ढुंगानापछि यी दुईको सम्भावना उच्च छ । पनेरू झापाका हुन्  । उनी पनि प्रधानमन्त्री र अर्थमन्त्री दुबैका निकटस्थ तथा आवश्यक पर्दा अर्थमन्त्रीलाई सुझाव दिने व्यक्ति मध्ये पर्दछन् । 

ढुंगाना जस्तै अधिकारी पनि पनि नेपाल राष्ट्र बैककाे पुर्व कार्यकारि निर्देशक हुन्।  धादिङस्थायी ठेगाना भएका अधिकारी पनि अर्थमन्त्री समक्ष राम्रै लविङ गर्ने ब्यक्ति हुन। 

त्यस्तै बोर्ड भित्रबाट डा नवराज अधिकारी पनि अध्यक्षको लागि आकांक्षी देखिएका छन् । हाल बोर्डमा उप कार्यकारी निर्देशक रहेका  अधिकारीले यस अघि ३ पटकसम्म अध्यक्ष पदको लागि आवेदन दिएका थिए । पुँजीबजार मै पीएचडी गरेको र नेकपाका अध्यक्ष प्रचण्डको नातेदार समेत रहेकोले बोर्ड भित्रै बाट अध्यक्ष भए अधिकारीको सम्भावना उच्च रहेको स्रोत बताउछ । 

त्यस्तै बोर्ड कै कार्यकारी निर्देशक निरज गिरिले पनि इच्छा देखाएका छन् । यस अघि कार्की अध्यक्ष नियुक्त हुँदा पनि गिरि अन्तिम ३ को सिफारिसमा परेका थिए । तर उनले प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई सघाएको चर्चा मन्त्रालयमा चलेकोले उनको सम्भावना नभएको स्रोत बताउछ ।

अर्का कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले पनि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । तर शालीन देखिने उनी लबिङमा भने सक्रिय छैनन् ।  हाल कार्यान्वयमा आएको आस्वा प्रणाली ल्याउन मूख्य भूमिका खेलेका पौडयालाई दोबदारको रुपमा हेरिएको स्रोतको भनाई छ । त्यस्तै हाल चर्चामा रहेको आईपिओमा बुक बिल्डिङ विधि ल्याउने प्रस्ताव समेत पौड्याल कै भएको बताइएको छ । यस विषयमा उनको नेतृत्वको टोलिले बंगलादेश गएर अध्ययन समेत गरेको थियो । 

यस अघि  महेश गुरागाई, प्रकाश लम्साल, निल बहादुर सारुमगर र भिष्म चालिसे लगायतले लबिंङ सुरु गरेका थिए। तर सम्भावना नदेखेपछि आफै ब्याक भएको स्रोत बताउछ ।

 यद्यपि राजनीतिक नियुक्ति भएको र सत्तारुढ दल भित्र नै भागबण्डा समेत हुन् सक्ने भएकोले अन्तिम अवस्थासम्म केहि भन्न नसकिने स्रोत बताउछ । 

यस्तो छ नियुक्ति प्रक्रिया ? 

अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष चयनको लागि एक समिति गठन गर्ने छ । समितिले खुला विज्ञापन आह्वान गरेर नियुक्तिको लागि ३ जनालाई मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । ३ जना मध्येबाट मन्त्रिपरिषदले एक जनालाई नियुक्त गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved