विद्यार्थीहरुलाई नेप्सेले पुँजीबजार पढाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 09:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विद्यार्थीहरुलाई पुँजीबजार पढाउने भएको छ । नेप्सेले विद्यार्थीहरुलाई नेप्से लगायत नेप्सेसँग सम्बन्धित पुँजीबजारका निकाय तथा प्रणालीको बारेमा जानकारी दिन लागेको हो ।

नेप्सेले यस कार्यक्रमलाई 'भिजिट नेप्से' नाम दिएको छ । आम जनतालाई लक्षित गरी पुँजीबजारमा आर्थिक सचेतना अभिवृद्धि होस् भन्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको नेप्सेले जनाएको छ ।

यो कार्यक्रम निशुल्क संचालन गर्ने र यसमा स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थीहरुलै समावेश गराइने नेप्सेले जनाएको छ । नेप्सेले यस कार्यक्रममा सहभागी हुनको लागि नाम ठेगाना र विद्यार्थी संख्या पठाउन शिक्षण संस्थालाई आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved