५३ करोड नगद लाभांश बाड्दै सिभिल बैक, बचतमा भन्दा बढी प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 11:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक २० गतेको २८८ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले हाल कायम चुक्तापुंजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँबाट कायम हुन आउने ५२ करोड ५८ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकले सेयरधनीका लागि घोषणा गरेको प्रतिफल बचतमा दिने प्रतिफल भन्दा बढी हो। बैंकले बचतमा साढे ६ प्रतिशत ब्याजदर दिएको छ। यद्दपी मुद्दती निक्षेपमा भने ९.२५ प्रतिशत ब्याजदर दिने गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved