नबिल ईन्भेष्टमेन्टमा १ हजार मै १६ सेवा, शेयर किनबेचदेखि लगानी परामर्श

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 02:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इ्रन्भेष्टमेण्ट बैकिंङले  बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । कम्पनीले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । यसबाट लगानी कर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ 

 यस सेवा अन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्यसंचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्रसंरचना÷पुनर्रगठन सम्बन्धि वित्तीय परामर्श, व्यापार÷व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श प्रदान गरिने कम्पनीले जनाएको छ

त्यस्तै कम्पनीले सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदल÷पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श, सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श , व्यापार रणनीति सम्बन्धि परामर्शबजारीकरण रणनीति सम्बन्धि परामर्श प्रदान गरिने कम्पनीले जनाएको छ यस्तो सेवा सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था भएको कम्पनीको दाबी छ 

कम्पनीका अनुसार यी सेवा सार्वजनिक विदाको दिन वाहेक प्रत्येक शुक्रवार बिहान १० बजे देखि दिनको बजेसम्म संचालनमा रहने छ । मासिक एक हजारमा यो सेवा लिन सकिने कम्पनीले जनाएको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved