प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 10:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु इन्स्योरेन्स Prabhu Insurance Company Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि बुक क्लोज गरेसंगे ५ प्रतिशत बोनसमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ४००.९५ कायम भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज  माघ १० गते शुक्रबार बुक क्लोज गरेको हो। माघ ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 कम्पनीले माघ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७५/०७६ को मुनाफाबाट  ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत गरी ) कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved