नयाँ नेपाल लघुवित्त सारथीसँग मर्जमा जाने, स्वाप कति ?

मर्जरपछि एफपिओ
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 11:13:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले सारथी लघुवित्तसँग मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।

दुई कम्पनी १:१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको र अन्तिम स्वाप भने डिडिए प्रतिवेदन अनुसार हुने स्रोतले जनाएको छ। मर्जरपछि बन्ने कम्पनीको नाम  सारथी नेपाल लघुवित्त रहने प्रारम्भिक सम्झौता भएको छ  । मर्जरपछि अध्यक्ष नयाँ नेपालबाट हुने सीइओ सारथीबाट हुने भएका छन्  ।

हाल सारथीको चुक्ता पुँजी ८ करोड १० लाख रहेको छ।  कम्पनी २२ प्रतिशत हकप्रद दिएर मर्जमा जाने भएको हो । त्यस्तै नयाँ नेपालको चुक्ता पुंजी १० करोड रहेको छ  । 

मर्जरपछि संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०:३० कायम गरिने र त्यो अनुपात मिलाउन आवश्यक मात्रमा एफपिओ निष्काशन गर्ने सहमति पनि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved