स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha Limited र जनकपुर लघुवित्तबीच प्राप्ति सम्झौता भएको छ । दुई सन्ताबीच मंगलबार मर्जर सम्झौता भएको हो । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभ्न लागेको हो । यद्यपि अन्तिम स्वाप भने डिडिए प्रतिवेदनको आधारमा तय हुने छ ।
हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ । प्राप्तिपछि कम्पनीको चुक्ता पुंजी ३६ करोड ५९ लाख रहेको छ ।