नबिलको दुईवटै म्युचुअल फण्डको नाफा दोब्बर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 09:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

माघ महिनाको मासिक विवरण सार्वजानिक गरेका नविल इन्भेस्टमेन्ट Nabil Investment Banking Limited  को नबिल म्युचल फण्ड अन्तर्गत संचालित दुई म्युचल फण्ड योजनाले पुस मसान्तको तुलनामा दोब्बर नाफा कमाएका छन् । शेयर बजार ५७ अंकले बढेपछि दुवै योजनाले दोब्बर नाफा कमाएका हुन्। माघ १ गते १ हजार २ सय ८४ विन्दुमा रहेको सेयर बजार माघको अन्तिम दिन २९ गते १ हजार ३ सय ४१ विन्दुमा बन्द भएको थियो । 

नविलको नविल इक्वीटी फण्डले माघ मसान्तमा १५ करोड १६ लाख नाफा गरेको छ । योजनाले गत पुस मसान्तमा ७ करोड ६८ लाख ७३ हजार नाफा गरेको थियो । योजनाको व्याज, लाभांश र सेयर विक्री बाट १६ करोड ६० लाख आम्दानी भएको छ । योजनाले पुस मसान्तमा ८ करोड ९० लाख आम्दानी गरेको थियो । 

घाटामा रहेको योजनाको रहेको प्रति ईकाई खुद सम्पती मुल्य १० रुपैयाँ २३ पैसा पुगेको छ, जुन पुसमा ९ रुपैँया ६३ पैसा थियो । योजनाले विभिन्न सूचिकृत कम्पनीहरुमा ६८ करोड ९१ लाख ४१ हजार लगानी गरेको छ ।  

त्यस्तै, नविल व्यालेन्सड् फण्ड २ ले माघ मसान्तमा ८ करोड ५० लाख ८६ हजार नाफा गरेको छ । योजनाले पुस मसान्तमा ४ करोड ८३ लाख नाफा गरेको थियो । योजनाको नाफा एक महिनामा करिब दोब्बरले बढेको हो  । योजनाले सेयर विक्री गर्दा उच्च नाफा भएपछि नाफा कमाएको हो । गत पुस मसान्तमा सेयर विक्रीबाट ३७ लाख ९९ हजार नाफा गरेको योजनाले माघ मसान्तमा १ करोड ७५ लाख ५५ हजार नाफा गरेको छ । 

योजनाको प्रतिईकाई खुद सम्पती मुल्य १० रुपैया ८० पैसा छ । योजनाले विभिन्न कम्पनीहरुमा ३६ करोड ९२ लाख लगानी गरेको छ । पुस मसान्तमा ३६ करोड ६७ लाख लगानी गरेको थियो ।

यि दुई योजनाको व्यवस्थापक नविल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved