लघुवित्तको लाभांश वितरणमा नयाँ व्यबस्थाले सेयरबजारमा कस्तो प्रभाव पर्छ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2020 | 11:41:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत लघुवित्तहरुलाई लाभांश वितरणमा नयाँ व्यवस्था कायम गरेको छ। नयाँ व्यवस्थाअनुसार २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ ।

लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था लागू भएपश्चात यसले सेयरबजारमा कस्तो असर पर्छ भन्ने बिषयमा चर्चा सुरु भएको छ। त्यसो त लघुवित्तले नयाँ व्यवस्था लागू हुनु पुर्वपनि नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा र २५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो। तसर्थ अहिले थपिएको भनेको २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने भएको हो।

लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत लघुवित्तहरुलाई लाभांश वितरणमा गरिएको नयाँ व्यवस्थाले लघुवित्तलाई थप बलियो बनाउने र लघुवित्तले वितरण गर्ने लाभांशमा एकरुपता तथा स्थिरता बनाउने बताउछन् । उनकाअनुसार यो व्यवस्थाले कमाएको बांडी हालौं भन्ने सोचलाई निरुत्साहित गर्नेछ।

सेयरबजारमा कस्तो प्रभाव पर्छ भन्ने बिषयमा सुचिकृत कम्पनीले घोषणा गर्ने लाभांशसँग सम्बन्धित भएर लगानीको निर्णय हुने भएकाले यसको थोरै असर पर्न सक्ने शर्माको भनाई छ।

त्यस्तै सेयरबजारका जानकार दिलिप मुनकर्मीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत लघुवित्तहरुलाई लाभांश वितरणमा गरिएको नयाँ व्यवस्था लघुवित्तको लाभांश क्षमता १०-१५ प्रतिशतले घट्ने तर त्यसको ठुलो असर सेयरबजारमा नपर्ने बताए। उनकाअनुसार नेपालको सेयरबजारमा लाभांश हेरेर लगानी गर्ने अभ्यास कम भएकाले यसको ठुलो असर सेयरबजारमा नपर्ने तर मनोबैज्ञानिक प्रभाव पर्न सक्नेछ ।

नयाँ व्यवस्था के हो ?

१० करोड चुक्तापुंजी भएको लघुवित्तले १ करोड मुनाफा गरेको छ भने उसले उक्त मुनाफाबाट बैधानिक जगेडा कोषमा २० प्रतिशत अर्थात २० लाख राख्नुपर्ने हुन्छ। त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत अर्थात १ लाख राख्नुपर्ने हुन्छ। यसरि मोटामोटी रुपमा हेर्दा उसको लाभांश क्षमता ७९ लाख अर्थात् ७९ प्रतिशत हुन् आउँछ।

माथिको उदाहरणमा उक्त लघुवित्तले २० प्रतिशत भन्दा बढी अर्थात ४० प्रतिशत लाभांश वितरण गर्न चाह्यो भने उसले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांश अर्थात २० प्रतिशतले हुन् आउने रकम २० लाखको २५ प्रतिशत ५ लाख ग्राहक संरक्षण कोष र ५ लाख सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने हुन्छ।

लघुवित्तको रणनीति कस्तो हुन् सक्छ ?

चुक्तापूंजी वृद्धि गर्न चाहने लघुवित्तले क्षमता अनुसार लाभांश घोषणा गर्न सक्छन भने संस्था बलियो होस् भन्ने चाहना राख्ने लघुवित्तले २० प्रतिशत हाराहारीमा लाभांश दिने रणनीति अख्तियार गर्न सक्छन।

तर राष्ट्र बैंकको यस नीतिले 'तात्तै खाउँ जल्दी मरौं, बाँडी हालौं खाई हालौं, ढुकुटी रित्याई हालौं भन्ने सोच भएकालाई निरुत्साहित गर्ने र लघुवित्तलाई मजबुत बनाउने लक्ष्मी लघुवित्तका सीईओ शर्माको दाबी छ। भएको नाफा सबै बाँडी हाल्ने प्रवृति रोक्नलाई पनि राष्ट्र बैंकले यो नीति लिएको हुनुपर्छ, जुन लघुवित्तका ग्राहक सदस्यलाई मात्र नभई सेयरबजारका दिर्घकालिन लगानीकर्ताको हितमा समेत छ' उनले भने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved