वोमी लघुवित्तको मूल्य समायोजनमा नेप्सेको गम्भीर लापरवाही, कम्पनीलाई देखाएर उम्कने प्रयास

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 15, 2020 | 04:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वोमी लघुवित्तको शेयर मूल्य समायोजन गर्दा लापरवाही गरेको पाईएको छ । नेप्सेले शुक्रबार कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो । समायोजनपछि मूल्य ८५६ तोकिएको र आज आइतबार सोहि मूल्यबाट कारोबार भएको हो 

नेप्सेले २५ प्रतिशतमा बोनस शेयरमा मूल्य समायोजन गरेपनि कम्पनीले घोषणा गरेको लाभांश भने १० प्रतिशत मात्र हो । यस हिसाबमा नेप्सेले १० प्रतिशत बोनसमा मात्र मूल्य समायोजन गर्नु पर्ने थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले कम्पनीले हाल कायम चुक्ता पुँजीको  १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको र त्यहि प्रस्ताव आगामी साधारणसभामा लैजान लागेको बताए । उनले हाल कम्पनीको चुक्ता पुँजी  २५ करोड २५ लाख रहेको र त्यसको १० प्रतिशत बोनस प्रस्ताव गरिएको बताए । 

उनले भने 'वितरण गर्न लागिएको कुल बोनस २ करोड ५२ लाख ७२ हजार हो, असार मसान्तसम्म कायम पुँजी १० करोड १० लाखलाई आधार मान्दा यो २५ प्रतिशत बोनस लाभांश हो , हालको पुँजी २५ करोड २५ लाख पुँजीलाई आधार मान्दा यो १० प्रतिशत मात्र हो' । कम्पनीले नेप्सेलाई पठाएको पत्रमा यहि उल्लेख छ। 

हेर्नुस पत्र : 


गत बिहिबार कम्पनीको शेयर मूल्य १,०७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस मूल्यको हिसाबमा कम्पनीको १० प्रतिशत लाभांशलाई आधार मान्दा कम्पनीको समायोजनपछिको शेयर मूल्य ९७२.७२ हुनु पर्ने हो । तर नेप्सेले २५ प्रतिशतलाई आधार मानेर मूल्य समायोजन गर्दा ८५६ तोकेको छ, जुन हुनु पर्ने वास्तविक मूल्य भन्दा ११६ रुपैयाँ कम हो   यसबाट लगानीकर्तालाई घाटा भएको त् छ नै यसले बजार पुँजीकरण र समग्र सूचकलाई नै असर पारेको छ   कम्पनीको मूल्य जति कायम हुनु पर्ने त्यो भन्दा सस्तो भएपछि यो शेयरमा नयाँ लगानीकर्ताको आकर्षण समेत बढेको छ ।  आइतबार बजार ६४.१४ अंकले घट्दा वोमी सहित ३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।   

 नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद कम्पनीले पठाएको जानकारी अनुसार नै नेप्सेले मूल्य समायोजन गरेको र त्यो परिवर्तन नहुने बताएका छन्   उनले बिजपाटीसँग भने 'कम्पनीले पठाएको विवरण अनुसार नै मूल्य समायोजन भएको छ, कम्पनीले हामीबाट गलत विवरण पठाईएको रहछ भने मात्र यो परिवर्तन हुन् सक्छ '   कम्पनीले गलत विवरण पठाएको भए त्यस कम्पनीको संचालक समिति नै स्वयं जिम्मेवार हुनु पर्ने साउदको भनाई छ  

उता नेप्से कै एक अधिकारीले भने कम्पनीको शेयर मूल्य समायोजनमा त्रुटी भएको स्वीकार गरेका छन् ।  नाम उल्लेख नगर्ने शर्तमा उनले बिजपाटीसँग भने ' कम्पनीको पत्र घुमाउरो पाराको छ, पत्र स्पष्ट रुपमा छैन, तर पत्रमा भनिए अनुसार १० प्रतिशतमा मात्र मूल्य समायोजन हुनु पर्ने जस्तो लाग्छ' ।  यद्यपि उनले कम्पनीको पत्रमा पनि केहि त्रुटी भएको स्वीकार गरे  

धितोपत्र सूचीकरण विनियमावलीको दफा २२ मा सुचिकृत कम्पनीले सूचना तथा जानकारी पेश गर्नु पर्ने ब्यबस्था छ ।  सोहि दफाको १ को 'ङ' मा लाभांश लगायतको जानकारी निर्णय हुने बित्तिकै नेप्सेलाई उपलब्ध गराउने पर्ने उल्लेख छ । सोहि उपदफाको 'च'मा लाभांश दिन लागिएको आर्थिक वर्ष, बुक क्लोज मिति, अनुपात, शेयर कित्ता वा समेत खुलाउनु पर्ने ब्यबस्था छ । नेप्सेले यस्ता विवरण बुझाउनु पर्ने ढाँचा समेत तोकेको छ ।  कम्पनीले उल्लेखित ढाँचामा विवरण नबुझाएको देखिन्छ । 

तर नेप्सेले पत्र स्पष्ट नभएपछि तोकिएको ढाँचामा स्पष्ट रुपमा पत्राचार गर्न निर्देशन  दिन सक्थ्यो । वा कारोबार नै रोकेर स्पष्टीकरण समेत सोध्न सक्थ्यो ।  तर नेप्सेले सोहि विनियमावलीको दफा २५ मा रहेको ब्यबस्थामा टेकेर कम्पनीलाई दोषी देखाउदै पन्सिन  खोजेको जस्तो देखिन्छ । विनियमावली दफा २५ मा विवरण पेश गर्ने जिम्मेवारी उल्लेख छ  । जसमा जानकारी र कागजपत्र विश्वसनिय्य रुपमा पेश गर्ने गराउने जिम्मेवारी समबन्धित संस्थाको प्रमुख कै हुने उल्लेख छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved