बैंक र बीमा सेवा बन्द नहुने, के हुन्छ सेयरबजार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 08:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनाका कारण अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेपनि बैंक तथा बीमा सेवा सुचारु रहने भएको छ। शुक्रबार देशबासिको नाममा बिशेष सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजपत्रमा उल्लेख अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन्। 

नेपाल राजपत्रमा उल्लेख आवश्यक सेवा संचालन ऐन २०१४ दफा ३ को उपदफा १ ले दिएको अधिकारि प्रयोग गरि यसमा उल्लेख १९ सेवामा हड्ताल गर्न निषेध गरि यी सेवालाई अत्यावश्यक सेवामा राखिएको छ, जसमध्ये १५ र १६ नम्बरमा बैंकिङ र बीमा सेवालाई राखिएको छ। राजपत्रमा नै बैंकिङ र बीमा सेवालाई अत्यावश्यक सेवामा राखिएकाले यी सेवा सुचारु रहने भएका छन्। 

नेपाल राजपत्रमा उल्लेख भएकाले बैंकिङ सेवा बन्द नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टले बताएका छन्। त्यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समेत बीमा सेवा अत्यावश्यक सेवा भित्र परेकाले बन्द नहुने स्पष्ट पारेका छन।

पुँजीबजार अत्यावश्यक सेवा भित्र नपर्ने भएकाले सम्भवत  चैत ९ देखि २१ गतेसम्म सेयरबजार बन्द रहन सक्ने नेप्से स्रोतले जनाएको छ। सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेकाले सेयरबजार बन्द गर्ने नगर्नेबारे अहिलेनै कुनै निर्णय भईनसकेको नेप्से स्रोतले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved