देव: विकासलाई गाभ्न कुमारी बैंकले बोलायो विशेष साधारणसभा, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 08:50:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले देवः विकास बैंक Deva Bikas Bank Limited लाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले आगामी जेठ १९ गते जेठ नक्सालमा विशेष साधारण सभा बोलाएको हो । 

विशेष साधारणसभाले देव: विकासलाई गाभ्ने समबन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने छ । प्राप्ति पश्चात देव : विकास बैंकको १ कित्ता शेयर हुनेले कुमारी बैंकको शून्य दशमलव ८६ कित्ता शेयर पाउने छन् । अर्थात् १:०.८६ को स्वाप अनुपातमा कुमारीले देव: विकासलाई गाभ्न लागेको हो 

बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

त्यस्तै देव: विकास बैंकले जेठ १९ गते साधारणसभा बोलाएको छ । सभामा कुमारी बैंकमा विलय हुने प्रस्तावसंगै गत आर्थिक वर्षको लाभांश पारित हुने छ। कम्पनीले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

 देव : विकासले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved