लिबर्टी इनर्जीले शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । यस संगै अब लिबर्टीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही प्रभु क्यापिटलले गर्ने भएको छ ।
कम्पनीले हालै सर्वसाधारणमा आईपिओ जारी गरेको थियो । यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले कारोबार गर्न सक्ने छन् ।