रिलायन्स लाइफको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 12:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance को शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको २ करोड १० लाख कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १०७.५९ देखि ३२२.७७ सम्मको सुरुवाती रेन्ज तोकेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको कारोबार तोक्ने गरेको छ । 

कम्पनीले हालै ६३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । कम्पनीको शेयर रजिस्ट्रार सनराइज क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved