एनआईसी एसिया क्यापिटल NIC Asia Capital Ltd को २ सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै योजनाको लाभांशको लागि क्यापिटलले भदौ २५ गते बुक क्लोज गरेकोले भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।
क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्डका इकाईधनीलाई कर सहित १२ प्रतिशतको दरले हुन आउने १० करोड २ लाख २४ हजार र एनआईसी एसिया ब्यालेन्स फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशतको दरले ६ करोड ४ लाख मुनाफा वितरण गर्ने छ ।