डाटाको ब्यापारमा नेप्से: लगानीकर्ताको गोप्य विवरण ब्रोकर र मिडिया मालिकको हातमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 01:55:41 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सेयर बजारका लगानीकर्ताका गोप्य विवरण मिडिया संचालन गरिरहेको कम्पनीलाई दिएको पाइएको छ। सिताराम थपलिया नेप्सेका प्रमुख कार्यकारी अधिकृत भएको बेला गरिएको उक्त त्रुटीपूर्ण सम्झौतालाई बहालवाला सीईओ चन्द्र सिंह साउदले पनि निरन्तरता दिएको खुल्न आएको हो । 

सेयर बजारलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने मिडिया संचालन गर्ने कम्पनीलाई नै यसरी गोप्य विवरण दिईनुलाई गम्भीर षडयन्त्रको रुपमा लिइएको छ। यद्दपी नेप्सेका पुर्व सीईओ थपलियाले आफ्नो पालामा नै मेरोलगानी डटकम चलाईरहेको एस्ट्रिक टेक्नोलोजी प्रा.लिलाई सम्पूर्ण जानकारी सहितको एपीआई दिइएको स्वीकार गरेका छन्।  

थपलियाले राम्रो सोच र नेप्सेको हित हुन्छ भनेर नै एस्ट्रिक नामक उक्त कम्पनीसँग सम्झौता गरेर सम्पूर्ण जानकारी सहितको एपीआई दिईएको स्वीकार गरेका छन् । यद्यपि थपलियाले आफ्नो कार्यकालमा नै उक्त सम्झौताको औचित्य सकिएको बिजपाटीलाई बताएका छन्।  'त्यो बेला जुन उदेश्यले सम्झौता भएको थियो, त्यसको औचित्य सकिएपछि मेरै पालामा यो सम्झौता सकिएको हो, अहिले पनि उक्त सम्झौतालाई निरन्तरता दिईएको छ भने त्यसमा मलाई भन्नु केहि छैन' थपलियाले भने। 

थपलियाले अगाडी भने, 'मेरोलगानी चलाईरहेको एस्ट्रिकले सम्झौताअनुरुप काम गर्न नसकेपछि र तिर्नुपर्ने पैसा पनि नतिरेपछि त्यो बेला नै सम्झौता सकिएको थियो। औचित्य सकिएपछि कुनै एउटा मिडियालाई मात्र दिँदा संदेश राम्रो नजाने भएपछि मेरै पालामा बिजपाटी लगायतका निबेदन दिएका मिडियालाई एपीआई दिईएको हो। '

तर बहालवाला सीईओ साउदले भने नयाँ व्यवस्थाअनुसार सबैलाई एपीआई दिने भनेर थपलियाका पालामा वितरण गरिएका एपीआई रद्द गरेका छन्। तर मेरोलगानी संचालन गरिरहेको एस्ट्रिक कम्पनीलाई त्यो बेला दिईएको सम्पूर्ण जानकारी सहितको एपीआईलाई भने सीईओ साउदले अहिले पनि निरन्तरता दिएका छन्। 

एस्ट्रिकलाई मात्र एपीआई निरन्तरता गरिएको बिषयमा प्रश्न सोध्दा सीईओ साउदले तत्कालिन सीईओ थपलियाले त्यो बेला गरेको सम्झौतामा उल्लेख बुँदाका कारण आफुले रद्द गर्न नसकेको जवाफ बिजपाटीलाई दिएका छन्।  

ब्रोकर नम्बर ५८ अर्थात नाशा सेक्युरिटीजका मालिक समेत रहेका व्यक्तिको लगानी रहेको कम्पनी एस्ट्रिकलाई मात्र एपीआई निरन्तरता दिनु पर्ने बाध्यताबारे प्रश्न गर्दा  सीईओ साउदले आफुले त्यो सम्झौता पुन: हेरेर थप निर्णय लिने प्रतिबद्धता जनाएका छन्।   

विज्ञप्तिले खुल्यो पोल

नेप्सेले गत साउन १३ गते आफ्नो वेबसाइटबाट विभिन्न समुहहरुले  विभिन्न कोड प्रयोग गरी आफ्नो वेबसाइटबाट अनाधिकृत रुपमा ठुलो संख्यामा डाटा तान्ने प्रयास गरेको भन्दै बिज्ञप्ति निकाल्यो। नेप्सेले डाटा चोरीको प्रयास हुँदा वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई डाटा हेर्न असहज भएको जनाएको थियो।  

नेप्सेले त्यस समय कोड प्रयोग गरी अनाधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा नै अवरुद्द गर्ने प्रयाससम्म भएको जनाएको थियो । नेप्से स्रोतका अनुसार यसरी अनाधिकृत रुपमा डाटा विवरण तान्ने प्रयास गर्नेमा मिडिया, बैंक तथा वित्तीय संस्था, पोर्टफोलियो सेवा प्रदायक, डाटा सर्भिस प्रदायकलगायत रहेको जनाएको थियो । 

नेप्सेले कसैलाई पनि लक्षित नगरी बिज्ञप्ति निकाले पनि त्यसको आशय अहिले पनि कारोबार विवरण प्रयोग गरिरहेका कम्पनीमाथि थियो। जसमा एस्ट्रिकपनि थियो। एस्ट्रिकले सम्झौता अनुसार नै भएको भन्दै एपीआई देखाउने क्रम जारि राखेको छ भने अन्य मिडियाले पनि  डाटा देखाउन बन्द गरेका छैनन्।

अहिले डाटा चलाइरहेका ति मिडियालाई अनुमति नदिएको बताउँदै सीईओ साउदले डाटा तानेर (कोडबाट 'क्रल' गरेर) चलाइरहेको बताएका छन्। तर अनुमती बिना नेप्से वा अरु कसैको डाटा तानेर चलाउनुलाई गैरकानुनी मानिन्छ।  यसरी डाटा तानेर चलाउँदा पनि कुनै कारबाही नहुनुमा नेप्सेको निरिहपन झल्किन्छ।

डाटाको ब्यापार 

नेप्सेको सहायक कम्पनी सीडीएससीले मेरो सेयर संचालनमा नल्याउँदा सम्म एस्ट्रिकले पोर्टफोलियो लगायतका सेवा बिक्रि गरि आम्दानी गर्थ्यो। अहिले पनि पोर्टफोलियो ट्रयाकर लगायतका सेवा बिक्रि गरिरहेको छ। त्यस्तै सिस्टम एक्स भन्ने एक कम्पनीले समेत अहिले नेप्सेको विवरण आफैं बिक्रि गरिरहेको पाइएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved