के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 07:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्दा सबै शेयरको लागि आवेदन नपर्न सक्छ । आवेदन नपरी बिक्रि नभएको हकप्रद शेयरलाई कम्पनीहरुले लिलाम प्रक्रियाबाट बेच्छन् । यसलाई अंग्रेजीमा अक्सन भन्ने गरिन्छ ।

उदाहरणको लागि कुनै कम्पनीले १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा १ लाख कित्ताको लागि आवेदन परेन भने बिक्रि नभएको ति शेयर लिलाम प्रक्रियामा आउँछन् । शेयर निष्कासनकर्ताले ति शेयर बिक्रि गर्नको लागि राष्ट्रिय दैनिकमा सूचना मार्फत जानकारी दिन्छन् 

यी शेयरमा डिम्याट खाता भएका जो कोहि नेपाली नागरिकले पनि आवेदन दिन सक्छन् । लिलामीमा अंकित मूल्य वा प्रिमियमसहित तोकिएको सर्तबमोजिम हुन्छ । आवेदन दिंदा तोकिएको अंकित मूल्य वा प्रिमियम मूल्य भन्दा बढी रकम उल्लेख गरेर आवेदन दिनु पर्छ । अर्थात आफुले कुन मूल्यमा कति कित्ता शेयर सकार्ने हो त्यो उल्लेख गर्नु पर्छ । खरिद गर्न चाहेको कित्ताको तिर्न चाहेको दरमा आउने रकम तोकिएको बैंक वा वित्तिय संस्थाको शाखामा जम्मा गर्ने । 

यसरी लिलाममा आउने शेयर हरु साधारण र संस्थापक गरी २ प्रकारका हुन्छन् । संस्थापक शेयरमा आवेदन दिनको लागि थप कागजात पेस गर्नु पर्छ। संस्थापक शेयरमा आवेदन दिँदा आम्दानीको स्रोत खुलेको कागज, कर चुक्ता प्रमाणपत्र, कालोसूचीमा नरहेको प्रमाणित कागज पेश गर्नु पर्छ । साथै बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी ऐन अनुसार  संस्थापक हुन योग्यता पुगेको हुनुपर्नेछ । दशलाख भन्दा बढी रकमको लागि आवेदन दिँदा प्यान नं. उल्लेख गर्नुपर्छ ।

आवेदन दिनको लागि निश्चित समय तोकिएको हुन्छ । समय सकिएपछि शेयर निष्कासनकर्ता अर्थात बिक्रि प्रबन्धकले सबै आवेदन खोल्ने कार्य गर्छ । यसरी आवेदन खोल्दा जसले सबै भन्दा धेरै मूल्यमा शेयर खरिद गर्छु भनेर कबुल गरेको हुन्छ, पहिला उसले शेयर पाउँछ । त्यस्तै जसले दोस्रो उच्च मूल्य कबोल गरेको हुन्छ, उसले दोस्रो प्राथमिकतामा शेयर पाउँछ । यसरि शेयर वितरण गर्दै जाँदा एउटा मूल्य आउँछ, त्यस मूल्य भन्दा बढी मूल्यमा आवेदन दिने सबैले माग गरे बमोजिम कै शेयर आउँछन् । कट अफ मूल्य मै आवेदन दिने सबैले समानुपातिक आधारमा शेयर पाउँछन् । यसरी गरिने खरिदमा कमिसन तथा शुल्क लाग्दैन। 

शेयर बाँडफाँडपछि शेयर परेको भए बिक्रि प्रबन्धकले शेयर डिम्याट खातामा  पठाईन्छ । त्यसपछि लगानीकर्ताले ति शेयर दोस्रो बजारमा बिक्रि गर्न सक्छ । लिलाममा आवेदन दिएर शेयर नपरेमा  बिक्रि प्रबन्धकले आवेदन दिँदा पेश गरेको बैंक खातामा पैसा फिर्ता आउने छ । 

यो पनि : 

पीएमएस सेवा लिएका लगानीकर्ताले कसरी आफै शेयर कारोबार सुरु गर्ने ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved