
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बेलुका ५:१५ बजेसम्म कारोबार हुने भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा आएको समस्या समाधान भएपछि आज २:१५ देखि ५:१५ सम्म शेयर कारोबार हुने भएको हो ।
आइतबार कारोबार सुचारु भएको २५ मिनेटमा नै प्रणलीमा समस्या देखिएपछि कारोबार नै रोक्का भएको थियो । यसअघि बिहीबार पनि टिएमएस प्रणलीमा समस्या देखिएपछि कारोबार रोकिएको थियो । बिहीबार दुई घण्टा कारोबार अवरुद्ध भएपद्धि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो ।
यो पनि :