बिहिबार भएका सबै शेयर कारोबारको राफसाफ रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 01:28:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भदौ २५ गते बिहिबार भएको शेयर कारोबारको राफसाफ रोकिएको छ। नेप्सेको निर्देशनमा सिडीएससीले भदौ २५ गते कारोबार भई भदौ २९ गते हुनु पर्ने राफसाफ अर्को सूचना जारी नभएसम्मको लागि रोकेको हो 

बिहिबार नेप्सेको कारोबार ब्यबस्थापन प्रणाली टिएमएसमा प्राविधिक समस्या आएर कारोबार प्रभावित भएको थियो । त्यस दिन टिएमएममा लगइन गरेपछि 'डिएनए लगआउट' भई अर्डर राख्न नमिल्ने लगायतका समस्या देखिएको हो । समस्या समाधान भएपछि ५ बजेसम्म कारोबार भएको थियो 

तर त्यस दिन भएका कारोबार मध्ये धेरै कारोबार रद्द गर्नु पर्ने भएकोले सबै राफसाफ रोकिएको हो । सिडीएसका अनुसार हालको सिस्टममा कारोबार रद्द गर्ने फिचर छैन। सोहि कारण व्यक्तिले नै एक एक गरेर कारोबार हेर्दै रद्द गर्नु पर्ने अवस्था छ । नेप्सेले करिब ३ हजार कारोबार रद्द गर्नको लागि सिडीएसलाई भनेको छ भने त्यो संख्या थपिदै गएकोले यकिन जानकारी अझै नआएको सिडीएसले जनाएको छ । 

पछिल्लो समय नेप्सेको सिस्टममा समस्या आउने र समस्या आएको दिनको केहि कारोबार रद्द गर्नु पर्ने भएपछि सिडीएसलाई समेत राफसाफमा कठिनाई भएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved