नेपाल फाइनान्सको साधारणसभा आह्वान, १७५ प्रतिशत हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 12:09:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स Nepal Finance को स्थगित भएको साधारणसभा असोज १० गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय कमलादीमा सभा हुने भएको हो । 

कम्पनीले एकै पटक ८ आर्थिक वर्षको साधारणसभा आह्वान गर्न लागेको हो । साधारणसभामा कम्पनीले आर्थिक वर्ष ६८/६९ देखिको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, संचालक  नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पेश गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै कम्पनीले १:१.७५ को अनुपातमा १७५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख पुग्ने छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ  । 

यस अघि कम्पनीले भदौ ११ गते सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved