
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एप प्ले स्टोरमा राखेको जनाएको छ । हाल यस एप गुगलले रिभ्यु गर्ने क्रममा रहेकोले गुगलले रेिभ्यु गरिसके पश्चात मात्र प्लेस्टोरमा प्राप्त गरी लगानीकर्ताले डाउनलोड गर्न सक्ने सिडीएसले जनाएको हो ।
सिडीएसका आनुसार यस एपबाट मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने छ । सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध हुने र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ ।
सिडीएसले एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न र कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो ।