नेपाल बैंकले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 09:04:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले असोज १९ गते बिहान ११ बजे अनलाइन अर्थात् जुमको माध्यम सभा आह्वान गरेको हो 

बैंकले २ वटा प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । बैंकले बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या ४ बाट घटाएर ३ बनाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या २ बाट बढाएर ३ बनाउने प्रस्ताव पारित गर्न लागेको हो 

त्यस्तै बैंकले प्रबन्धपत्र र नियमावलीलाई समानुकुल अद्यावधिक गर्नु पर्ने भएकोले सो प्रस्ताव समेत सभामा पेश गर्ने भएको छ । प्रबन्धपत्र र नियमावली परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ 

बैंकले सभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved