पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको छ : प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 10:39:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको बताएका छन् । छैठौ संविधान दिवसको अवसरमा सैनिक मंच टुडिखेलमा आयोजित विशेष कार्यक्रममा देशवासीको नाममा सम्बोधन गर्दै उनले पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको बताएका हुन् । 

सम्बोधनको क्रममा उनले भने 'बैकिङ्ग तथा वित्तीय क्षेत्रमा स्थायित्व कायम छ । बैक सेवामा उल्लेख्य विस्तार भएको छ । निजी क्षेत्रका लगानीका लागि बैकिङ्ग क्षेत्रमा करिब रु. २०० अर्ब थप तरलता उपलब्ध छ । बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे छ । उद्योग÷व्यवसायहरु निर्बाधरुपमा सञ्चालनमा  आउँदा सिर्जना हुने कर्जा मागलाई सम्बोधन गर्न बैंकहरु सक्षम छन् । बीमा तथा पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको छ ।' 

उनले झण्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजूद आर्थिक बृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको र यो हाम्रा लागि सुखद पक्ष भएको बताए ।

यो पनि : 

संविधान दिवसमा प्रधानमन्त्रीको सम्बोधन: ‘भइहाल्छ नि’ भन्ने सुविधा हामीलाई छैन (पूर्णपाठ)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved