नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिभिल बैंक Civil Bank Limited को शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर १६५ रुपैयाँ पुगेको छ । बजारमा सिभिल बैंक र हिमालयन बैंकसँग मर्जमा जाने चर्चा चलेपछि बैंकको मूल्यमा सर्किट लागेको हो ।
मर्जरको चर्चा कति यथार्थ ?
स्रोतका अनुसार दुई बैंकबीच यस अघि नै अनौपचारिक रुपमा मर्जमा जाने सहमति भईसकेको छ। सोहि अनुसार हिमालयन बैंकले संचालक सुनिल थापाको संयोजकत्वमा मर्जर कमिटी गठन गरेको छ ।
बैंकका सीईओ अशोक राणाको जेठान समेत रहेका थापाले मर्जरको लागि आवश्यक कार्य गरिरहेको बताईएको छ । स्रोत भन्छ 'हिमालयन बैंकको आगामी मंगलबार बस्ने संचालक समितिको बैठकले मर्जरलाई निचोडमा पुर्याउने छ।'