
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ति विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ माग गरेको हो ।
नेप्सेले शेयर मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त धितोपत्र बजार गराउनु पर्ने ब्यबस्था रहेकोमा सो किन नगराईएको हो भन्दै बैंकलाई स्पष्टिकरण सोधेको हो । नेप्सेले सोमबार बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको हो ।
यो पनि :