अब आईपिओमा आवेदन दिन ४ डिजिटको पिन कोड अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 04:36:38 PM मा प्रकाशित

अब आईपिओमा आवेदन दिँदा पिन कोड आवश्यक पर्ने भएको छ । आईपिओमा मेरो शेयर मार्फत आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो ।

सिडीएसले वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर पिन कोडको ब्यबस्था लागु गरेको हो । मेरो शेयरमा लग इन् गर्दा लगानीकर्ता स्वयंले ४ डिजिटको पिन सेट गर्नु पर्ने र आईपिओमा आवेदन दिँदा सोहि कोड प्रयोग गर्नु पर्ने ब्यबस्था सिडीएसले गरेको हो ।

यसबाट मेरो शेयर सफ्टवेयर थप सुरक्षित हुने सिडीएसले जनाएको छ ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved