नाडेप लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 08:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको गरेको हो ।

सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट  १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र  कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्ने छ  । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्ने छ। 

त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ। कम्पनीले सभा प्रयोजनको लागि असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँ सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved