एनआरएन लघुवित्तको विशेष साधारणसभा आह्वान, एफपिओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 08:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनआरएन लघुवित्तले यस अघि स्थगित भएको भएको विशेष साधारणसभा पुन: आह्वान गरेको छ । कम्पनीले असोज १८ गते धनगढीको होटेल दिनेशमा सभा आह्वान गरेको हो   

सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको नाम परिवर्तन गरि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कर्पोरेट कार्यालय काठमाडौँमा कायम गर्ने, सर्वसाधारणलाई एफपिओ जारी गर्ने, संस्थापक र सर्वसाधारणतर्फको संचालकको निर्वाचन गर्ने, किसान माइक्रोफाइनान्स र दिब्य लघुवित्तसँग भएको मर्जर अनुमोदन गर्ने र  प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा अन्य कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

कम्पनीले यस अघि भदौ २० गते विशेष साधारणसभा आह्वान गरेकोमा कोरोना महामारीको कारण लागु गरिएको निषेधाज्ञाको कारण देखाउदै अर्को सूचना जारी नभएसम्मको लागि सभा स्थगित गरेको थियो   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved