सिभिल बैंकलाई नेप्सेको स्पष्टीकरण: धान खाने मुसो चोट पाउने भ्यागुतो

हिमालयनलाई पनि स्पष्टिकरण सोध्ने तयारी
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 10:48:47 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्जले मर्जरको बिषयलाई लिएर सिभिल बैंकलाई सोधेको स्पष्टिकरण धान खाने मुसा चोट पाउने भ्यागुतो जस्तो देखिएको छ। हिमालयन बैंकका अध्यक्ष तथा संचालकलाई नै कोट गरेर मर्जरबारे समचार बाहिर आएपनि नेप्सेले भने सिभिल बैकलाई मात्र स्पष्टिकरण सोधेको हो। 

हिमालयन बैंकका अध्यक्ष समेत रहेका कर्मचारी संचय कोषका प्रशासकीय अधिकृत तुलसी प्रसाद गौतम तथा मर्जर कमिटिका संयोजक समेत रहेका हिमालयन बैंकका संचालक सुनिल कुमार थापाको भनाईलाई नै कोट गरेर मर्जरको बिषय लेखिएको छ। 

तर नेप्सेले भने जहाँबाट सूचना बाहिर आएको छ, जसले सूचना बाहिर ल्याएको छ उसलाई स्पष्टिकरण माग्नुको साट्टो सिभिल बैंकलाई सोधेर नियामकको निकम्मापन देखाएको छ। 

त्यसो त नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आफुहरुले कुनै संचार माध्यममा सिभिल बैंकको सीईओले भनेको भन्ने कुरा पढेकाले त्यहि अनुसार स्पष्टिकरण माग गरिएको जवाफ दिएका छन्। 

मर्जरको बिषयमा सबैतिर हिमालयन बैकका जिम्मेवार व्यक्तिको भनाई कोट गरेर लेखिएको छ तर स्पष्टिकरण सिभिल बैंकलाई मात्र किन भन्ने प्रश्नमा सीईओ साउदले हिमालयन बैंकलाई पनि सोधिने जवाफ दिएका छन्। 

त्यसो त पछिल्लो समय नेप्से ले सँस्था र सँस्था संचालन गर्ने व्यक्तिको अनुहार हेरेर निर्णय गर्दै आएको छ।  नेप्सेको अनलाइन कारोबारमा पटक पटक समस्या आएर विवादित बनेको नेप्सेले आफु निकटका केहि संचार माध्यम तथा संस्थाहरुलाई बिना सम्झौता लगानीकर्ताको गोप्य जानकारी एपीआई दिईरहेको छ भने जोसँग सम्झौता गरेको छ उनीहरुको एपीआई बन्द नै गरिदिएको अवस्था छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved