हिमालयन डिस्टिलरीका पूर्व संचालक र सेयर ब्रोकर नम्बर ५३ लाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 04:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले हिमालयन डिस्टिलरीका पुर्व संचालक र ब्रोकर नम्बर ५३ लाई कारवाही गरेको छ । बोर्डले नियम बिपरित आफ्नो शेयर बेचेकोमा पूर्व संचालक रहिशा शाह श्रेष्ठ र ब्रोकर नम्बर ५३ इन्भेस्टमेन्ट नेपाललाई कारवाही गरेको हो।

बोर्डले पूर्व संचालक श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ र ब्रोकर ५३ लाई एक लाख पचास हजार रुपैयाँ जरिवाना गराएको हो। सूचिकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही रहेको छ । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पचास हजार देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था छ  । 

त्यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved