नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 08:40:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २८ गते वेबिनार मार्फत सभा गर्न लागेको हो 

सभामा बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने विशेष प्रस्ताव र त्यस समबन्धि अन्य प्रस्ताव पेश गर्ने छ । त्यस्तै फाइनान्सलाई प्राप्तिपछि चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ । 

नियामक निकायले थप निर्देशन दिएमा सोहि अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ । फाइनान्सले पनि सोहि प्रयोजनको लागि असोज २८ गते बुधबार नै विशेष साधारणसभा आह्वान गरेको छ ।  

बैंकले १००:३० को अनुपातमा फाइनान्सलाई गाभ्न लागेको हो । अर्थात् फाइनान्सको १०० कित्ता शेयर हुनेले बैंकको ३० कित्ता शेयर पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved