५ दिनमा १२ अर्बको शेयर कारोबार, पुनर्बिमालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो नबिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 12:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १२ अर्ब बढी कारोबार भएको छ । ५ दिनको अवधिमा नेप्सेमा १२ अर्ब १५ करोड ४३ लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन २ अर्ब ४३ करोड ८ लाख बराबर हो । गत साता भर नेप्से सूचक ४.२३ अंकले घटेको छ ।

गत साता नेपाल बैंकको सबैभन्दा धेरै ७२ करोड ८१ लाखको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल पुनर्बिमा कम्पनी, तेस्रोमा शिखर इन्स्योरेन्स , चौथोमा रिलायन्स लाइफ र पाचौमा अरुण काबेली पावर रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ६ अर्ब रहेको छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको ८८ अर्ब २४ करोड रहेको रहेको छ । तेस्रो स्थानमा रहेको पुनर्बिमा कम्पनीको बजार पुँजीकरण ८६ अर्ब ४० करोड रहेको छ भने चौथो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ७६ अर्ब २३ करोड रेहेको छ । शेयर बजारको कुल बजार पुँजीकरण भने २० खर्ब ८० अर्ब रहेको छ ।  

गत साता एनआरएन इन्फ्रास्ट्रकचरको शेयर सबै भन्दा धेरै ६० हजार १ पटक कारोबार भएको छ भने दोस्रोमा लिबर्टी इनर्जीको शेयर १७ हजार ८ सय ७४ पटक कारोबार भएको छ । गत साता नेप्सेमा लिबर्टी इनर्जी, एनएलजि इन्स्योरेन्स, छ्याङदी हाइड्रो, समाज लघुवित्त र प्रभु बैंकको ऋणपत्र सुचिकृत भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved