बुक विल्डिङ्ग आईपिओ: मूल्य तोक्ने काम गर्न बैंकसहित ५५ कम्पनीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 01:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नको लागि ५५ कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित  हुने आईपिओको लागि आवश्यक कार्य गर्नको लागि आवेदन माग गरेपछि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न ५५ कम्पनीले आवेदन दिएका हुन् ।

बोर्डले ३५ दिनको समय राखेर आवेदन दिन आग्रह गरेको थियो । आवेदन दिने तोकिएको म्याद सकिएको भएपनि अब निवेदन बुझ्ने प्रक्रिया निरन्तर चल्ने बोर्डले जनाएको छ ।

बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार मर्चेन्ट बैंकर, सामुहिक लगानी कोष, लगानी कम्पनी, नेप्सेमा सुचिकृत कम्पनी लगायत गरी कुल ५५ कम्पनीले आवेदन दिएका छन् । अब उनीहरुको कागजात अध्ययन गरेर छिट्टै नैतोकिएको मापदण्ड पुगेका कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरिने सहायक प्रवक्ता केसीले बताए । 

बोर्डबाट स्वीकृति पाएपछि मात्र उनीहरुले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित  हुने आईपिओमा सहभागिता जनाउन सक्ने छन् ।  सूचिकृत संगठित संस्था, विशेष ऐन द्वारा स्थापित वित्तीय संस्था,  सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र ब्यापारी र धितोपत्रमा लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीले योग्य संस्थागत लगानीकर्ताको रुपमा क्रय गर्न सक्ने ब्यबस्था छ । 

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । 

यो पनि : 

बुक विल्डिङ्गबाट आईपिओ निष्काशन गर्न यी ४ शर्त अनिवार्य


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved