मिर्मिरे लघुवित्तले श्रीजनशीललाई गाभ्ने, प्राप्तिपछि एफपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 12:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले श्रीजनशील लघुवित्तलाई गाभ्ने भएको छ ।  २ संस्थाबीच सोमबार बिहान मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा मिर्मिरेको तर्फबाट संस्थाका अध्यक्ष टेक बहादुर बोहरा र श्रृजनशीलको तर्फबाट संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।एक्विजिशन कार्य सम्पन्न गर्न मिर्मिरे लघुवित्तका तर्फबाट सञ्चालक समितिका सदस्य सन्तोष फुया्ल र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सञ्चालक समितिका सदस्य राजकुमार श्रेष्ठ रहेको संयुक्त प्राप्ती समिति गंठन भएको छ । 

राष्ट्रिय स्तरकार्यक्षेत्र रहेको मिर्मिरेको चुक्तापूँजी ४० करोड रहेको छ भने ११६ वटा शाखा रहेका छन् । श्रृजनशीलको चुक्तापूँजी ७ करोड छ भने २० वटा शाखा सञ्जाल रहेका छन् । एक्विजिशन कार्य सम्पन्न पश्चात चुक्ता पूँजी ४७ करोड रुपैयाँ हुने छ । 

मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ  । 

मिर्मिरेले यस पूर्व नै सर्वसाधारणकालागि आईपीओ निस्कासन गरिसकेको छ भने श्रृजनशील र स्वेडाको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपिओको माध्ययमबाट जारी गर्ने कम्पनीले जनाएको छ । मिर्मिरेले यस अघि नै स्वेडा  र नागबेली लघुवित्तलाई प्राप्ती गरि एकिकृत कारोबार संचालन गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved