ब्रोकरहरुको संयुक्त लगानीमा खुल्यो नयाँ कम्पनी, के के गर्छ काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 10:11:57 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना भएको छ। असोज ११ गते कम्पनी रजिष्ट्रार कार्यालयमा क्यापटेक नेपाल नामक प्राइभेट कम्पनी दर्ता भएको हो 

कम्पनीमा ब्रोकरहरुको ८० प्रतिशत लगानी छ भने बाँकि २० प्रतिशत सिटी टेक सोलुसनको लगानी छ । कम्पनीमा ५० वटै शेयर ब्रोकरहरुको बराबरी हिस्सेदारी छ। कम्पनीको अध्यक्षमा स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीजका अध्यक्ष टंकप्रसाद गौतम रहेका छन्। कम्पनी गौतम सहित ५ जना संचालक छन् । 

अध्यक्ष गौतमका अनुसार हाल कम्पनीको चुक्ता पुँजी १० करोड कायम गरिएको छ । हाल कम्पनी मात्र दर्ता भएको र अब क्रमश अन्य कार्य जाने उनले बताए 

अध्यक्ष गौतमले पुँजीबजारमा देखिएका टिएमएस तथा डाटा सेन्टरमा देखिएका समस्या समाधान गर्नु कम्पनीको पहिलो काम हुने बताए । कम्पनीले डाटा सम्बन्धि कार्य गर्ने भएको र ब्रोकरहरुलाई टेक्निकल विशेषज्ञता नभएकोले सिटी टेकलाई साझेदारको रुपमा राखिएको उनले बताए। 

पुँजीबजारमा देखिएका टिमएस र डाटा सेन्टरका समस्या समाधान गरेपछि कम्पनीले 'फाइनानसियल टेक्नोलोजी', 'सफ्टवेयर सोलुसन', 'डाटाबेस सोलुसन', तालिम, परामर्श लगायतका कार्य गर्ने अध्यक्ष गौतमले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved