असोज मसान्तसम्म नवीकरण शुल्क तिर्न नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 12:11:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाई सक्न आग्रह गरेको हो 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीको ब्यबस्था अनुसार आर्थिक वर्ष ७७/७८ को शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेले ग्लोबल आईएमई बैंकमा रहेको आफ्नो खातामा रकम जम्मा गरि भौचर पठाउन आग्रह गरेको हो 

५० करोड चुक्ता पुँजी कम्पनीले ५० हजार र सो भन्दा माथि पुँजी भएका कम्पनीले १ लाख नवीकरण शुल्क तिर्नु पर्ने ब्यबस्था छ । ५० करोडसम्म पुँजी भएका डिबेन्चर र म्युचुअल फण्डहरुले भने २५ हजार र ५० करोड भन्दा बढी पुँजी भएकाले ५० हजार शुल्क तिर्नु पर्ने छ । 

समयमा शुल्क नतिर्नेलाई १० प्रतिशत जरिवाना हुने नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved