नाडेप लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 09:53:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरणको लागि आज असोज १४ गत  बुक क्लोज गरेपछि शेयर मूल्य समायोजन गरिएको हो । 

समायोजनपछि कम्पनीको शेयरमूल्य ६७६.३६ रुपैयाँ कायम भएको छ । समायोजन अघिको मूल्य ७४४ थियो । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको गरेको छ । सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट  १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र  कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्ने छ  । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्ने छ। 

त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved