नेप्सेमा सीईओको मनोमानी, लगानीकर्ताको डाटा चोरीमा मौन समर्थन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 03:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कुनै सम्झौता बिना नै मिडिया संचालन गर्ने कम्पनीलाई लगानीकर्ताको गोप्य विवरण दिएको खुल्न आएको छ। तत्कालिन सीईओ सिताराम थपलियाले रद्द गरेको सहमतिलाई कुनै सम्झौता बिना नै हालका सीईओ चन्द्र सिंह साउदले निरन्तरता दिएको पाइएको छ।

शेयर बजारलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने मिडियालाई नै कुनै सम्झौता बिना नै यसरी गोप्य विवरण दिईनुलाई गम्भीर षडयन्त्रको रुपमा लिइएको छ। आफ्नो कार्यकालमा नै उक्त सम्झौताको औचित्य सकिएकाले त्यसलाई अहिलेपनि निरन्तरता दिनुले केहि स्वार्थ लुकेको पुर्व सीईओ थपलियाको भनाई छ।

थपलिया भन्छन् , 'उक्त सम्झौताको औचित्य सकिएपछि नै सहमति तोडिएको थियो, तर अहिलेपनि त्यहि कुरालाई आधार बनाएर सम्झौता बिना नै लगानिकर्ताको गोप्य विवरण दिइनु गलत हो। '

थपलियाका पालामा आवेदन दिने सबै मिडिया तथा अन्य संस्थालाई शेयर बजारको जानकारी हुने विवरण (एपीआई) दिईएको थियो। तर सीईओको रुपमा साउद आएपछि मेरो लगानी चलाईरहेको एस्ट्रिक नामक कम्पनीलाई मात्र एपीआई दिएका छन् भने थपलियाका पालामा वितरण गरिएका अन्य मिडियाका एपीआई भने बन्द गरिएका छन्।

आफुहरुले प्रणाली निर्माण गरिरहेको बताउंदै अरु मिडियालाई एपीआई दिन अस्विकार गरिरहेका सीईओं साउदले भने पहिलेको सम्झौता भनेर मेरो लगानीलाई मात्र एपीआई दिएका छन्। तर पुर्व सीईओ थपलिया पहिलेको सम्झौता भनेर कुनै एउटा मिडियालाई वा सँस्थालाई मात्र एपीआई दिईनु गलत भएको बताउँछन।

डाटा चोर्नेलाई सीईओ साउदको मौन समर्थन

बजारमा अहिले शेयर बजारलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने मिडिया मात्र नभई बिभिन्न ब्लग चलाउनेहरुले समेत खुलेआम नेप्सेको डाटा प्रयोग गरिरहेका छन्। यति मात्र नभई बिना कुनै सम्झौता नेप्सेबाट लगानीकर्ता तथा सुचिकृत कम्पनीको गोप्य विवरण तानेर बजारमा सिस्टम एक्स भन्ने कम्पनीले केहि मिडिया, मर्चेन्ट बैंकर, तथा बिभिन्न संस्थालाई डाटा बिक्रि गरिरहेको छ।

यसरी खुलेआम नेप्सेबाट डाटा चोरेर बजारमा बिक्रि भईरहेको जानकारी हुँदा समेत सीईओ साउदले आफु प्रणाली निर्माणमा लागिरहेको जवाफ दिएर जिम्मेवारीबाट पन्सिने काम गरिरहेका छन्।

अहिले डाटा चलाइरहेकालाई अनुमति नदिएको बताउँदै सीईओ साउदले डाटा तानेर कोडबाट 'क्रल' गरेर चलाइरहेको बताएका छन्। तर अनुमती बिना नेप्से वा अरु कसैको डाटा तानेर चलाउनुलाई गैरकानुनी मानिन्छ। यसरी डाटा तानेर चलाउँदा पनि कुनै कारबाही नहुनुमा नेप्सेको निरिहपन झल्किन्छ।

यता नेपाल धितोपत्र बोर्डले भने नेप्सेसँगको अनुमती बिना नै लगानीकर्ता तथा सुचिकृत कम्पनीको डाटा चोरी गर्ने, बजारमा बिक्रि वितरण गर्ने बिषयमा सार्वजनिक समाचारबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै अध्ययन भैईरहेको बताएको छ। 'दिनै पर्ने भए व्यवस्थित रुपमा एपीआई दिनुपर्छ , तर बिना कुनै सम्झौता मनपरि रुपमा बाड्न मिल्दैन, हाम्रो ध्यानाकर्षण भएको छ, अध्ययन गर्दै छौं, आवश्यक परे निर्देशन दिन्छौं,' धितोपत्र बोर्ड स्रोतले भन्यो।

डाटाको ब्यापारमा नेप्से: लगानीकर्ताको गोप्य विवरण ब्रोकर र मिडिया मालिकको हातमा

विज्ञप्तिले खुल्यो पोल

नेप्सेले गत साउन १३ गते आफ्नो वेबसाइटबाट विभिन्न समुहहरुले विभिन्न कोड प्रयोग गरी आफ्नो वेबसाइटबाट अनाधिकृत रुपमा ठुलो संख्यामा डाटा तान्ने प्रयास गरेको भन्दै विज्ञप्ति निकाल्यो। नेप्सेले डाटा चोरीको प्रयास हुँदा वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई डाटा हेर्न असहज भएको जनाएको थियो।

नेप्सेले त्यस समय कोड प्रयोग गरी अनाधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा नै अवरुद्द गर्ने प्रयाससम्म भएको जनाएको थियो । नेप्से स्रोतका अनुसार यसरी अनाधिकृत रुपमा डाटा विवरण तान्ने प्रयास गर्नेमा मिडिया, बैंक तथा वित्तीय संस्था, पोर्टफोलियो सेवा प्रदायक, डाटा सर्भिस प्रदायकलगायत रहेको जनाएको थियो ।

नेप्सेले कसैलाई पनि लक्षित नगरी विज्ञप्ति निकाले पनि त्यसको आशय अहिले पनि कारोबार विवरण प्रयोग गरिरहेका कम्पनीमाथि थियो। जसमा एस्ट्रिकपनि थियो। एस्ट्रिकले सम्झौता अनुसार नै भएको भन्दै एपीआई देखाउने क्रम जारी राखेको छ भने अन्य मिडियाले पनि डाटा देखाउन बन्द गरेका छैनन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved