
एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीले सानिमा मिडिल तमोर जलविद्युत आयोजनामा थप लगानी गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड द्वारा प्रवद्र्धित मिडिल तमोर हाइड्रोपावर आयोजनामा थप लगानी गर्ने निर्णय गरेको हो ।
एनआरएनले यस अघि नै आयोजनामा ६ करोड ४० लाख लगानी गरेको छ । कम्पनीले प्रति शेयर एक सयका दरले ६ लाख ४० हजार कित्ता शेयर खरिद गरेको छ । एनआरएनले यो बाहेक नै आयोजनामा थप लगानी गर्ने निर्णय गरेको हो ।
७३ मेगावाट क्षमताको उक्त आयोजना ताप्लेजुङ्गमा अवस्थित छ । कम्पनीले १३ सेप्टेम्बर, २०२१ बाट ५४ मेगावाट उत्पादन सुरु गर्ने र जुलाई १७, २०२२ मा १९ मेगावाट उत्पादन सुरु हुने लक्ष्य राखिएको छ ।