अब ब्रोकरको छुट्टै टिएमएस, हालका सबै एपीआई खारेज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 11:13:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना प्रविधि सम्बन्धि नीति अर्थात आईटी पोलिसी पारीत गरि लागु गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आईटी पोलिसी लागु भएको र अब छिट्टै यसको लागि कार्यविधि सार्वजनिक गरिने बताए ।

आईटी पोलिसी कार्यन्वयनमा आएपछि सबै ब्रोकरहरुले आफ्नो छुट्टाछुट्टै कारोबार ब्यबस्थापन प्रणाली अर्थात टिएमएस संचालान गर्न सक्ने सीइओ साउदले बताए । हाल ब्रोकरहरुले नेप्सेले नै उपलब्ध गराएको टिएमएस मार्फत कारोबार संचालन गर्दै आएको छ । आईटी पोलिसी आएसँगै अब ब्रोकरहरुले नेप्सेले तोकेको मापदण्ड पुरा हुने गरी आफै टिएमएस निर्माण गर्न सक्ने छन् । ब्रोकरहरुले समेत आफ्नै छुट्टै टिएमएस संचालन गर्नको लागि नयाँ कम्पनी स्थापना गरिसकेका छन् । कम्पनीले हाल टिएमएसमा र डाटा सेन्टरमा देखिएका समस्या समाधान गर्ने पहिलो उदेश्य राखेको छ । 

त्यस्तै सूचना प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर रिप्लेसमेन्ट सम्बन्धि ब्यबस्था समेत आईटी पोलिसीले गरेको छ। आईटी पोलिसीले शेयर कारोबारको एपीआईलाई ब्यबस्थित समेत गरेको सीईओ साउदले बताए । उनले आईटी पोलिसीको कार्यविधि आएपछि अहिले विभिन्न मिडियाहरुलाई दिईएको एपीआई समेत स्वत: खारेज हुने बताए । हाल सीइओ साउदले सम्झौता बिना नै गैर कानुनी रुपमा लगानीकर्ताको विवरण सिमित मिडियालाई दिदै आएका छन् । 

सीइओ साउदले कार्यविधि हाल नेप्सेको बोर्डमा छलफलको क्रम मै रहेको ८-१० दिन भित्र पारित हुने बताए । 

यो पनि :

नेप्सेमा सीईओको मनोमानी, लगानीकर्ताको डाटा चोरीमा मौन समर्थन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved